१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाेल्न नपाउने, मत दिन पाउने गण्कीका कोभिड संक्रमित सांसद्‍ले

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार ०९:२६


काठमाडौं । गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण भेटिएको छ ।

बुधबार एमालेका सांसद राजीव पहारी र प्रभा कोइराला तथा नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरु ङको कोरोना रिपार्ट पोजेटिभ आएको सांसद मायानाथ अधिकारीले बताउनुभएको छ ।

एमालेका प्रमुख सचेतक समेत रहनुभएका मायानाथले तीन सांसद र प्रदेश सभामै कार्यरत एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

मंगलबारको बैठकमा एमालेका सांसदहरुले पीसीआर परीक्षण नगरी संसद चल्न नदिने भन्दै अवरोध गरेका थिए । एमालेका सांसदहरुले विरोध गरेपछि मंगलबार साँझ नै सांसद र प्रदेशसभाका कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

कोरोना पोजेटिभ देख्रिएका सांसदलाई बोल्न नपाउने तर मतदान गर्ने ब्यवस्था मिलाइएको सचेतक मायानाथले स्पष्ट पार्नुभएको छ । पहिलो दिनको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।
-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !