१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ११:५२


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक सबै सेवा एक साता बन्द हुने भएका छन् ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक बाहेक सबै सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ संक्रमण जोखिमलाई ध्यान दिँदै सो निर्णय गरिएको हो । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र उनीहरुको सम्पर्कमा रहेका कर्मचारीले परीक्षणसँगै होम आइसोलेशनमा बस्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको काठमाडौं प्रशासनले जनाएको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलयबाट सोमबारदेखि वैशाख २० गतेसम्म अत्यावश्यक सेवा मात्र लिन सकिनेछ ।  जसअनुसार शान्ति सुरक्षा र मुद्दासँग सम्बन्धी सेवा लिन सकिने छ । नागरिकता, राहदानी लगायत सेवा भने बन्द हुनेछन् ।

अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीलाई भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !