१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतको दिल्लीमा एकै दिनमा सबैभन्दा धेरै २४ हजार संक्रमित

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०७:३८


नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना काेभिडबाट संक्रमित भएका हुन् ।

त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा तीन सय ७५ जनाकले ज्यान गमाएका छन् ।

दिल्लीमा अहिले पनि ९३ हजार ८० संक्रमित अवस्थामै रहेका छन् । यो संख्या पनि अहिलेसम्मकै सवैभन्दा धेरै रहेको बताइएको छ ।

दिल्लीको स्वास्थ्य विभागले संक्रमित र मृतकको संख्या दिनप्रति दिन बढ्दै गइरहेको जानकारी दिएको छ ।

पछिल्लो विवरण अनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख चार हजार सात सय ८२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

कोभिडका कारण दिल्लीमा मात्रै ज्यान गएकाहरुको संख्या अहिलेसम्म १३ हजार आठ सय ९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिडकाे परीक्षण गराएका मध्ये ३२.२७ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती मध्ये १.३८ प्रतिशतको ज्यान जाने नै  गरेको छ ।

भारतमा देशभरी भने अहिलेपनि २५ लाख ५२ हजार  नाै सय ४० जना संक्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार सात सय ८६ जना संक्रमित भएका थिए ।

भारतमा गत जनवरी १६ देखि काेभिड विरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट संक्रमित र ज्यानजानेको संख्यामा दिन प्रतिदिन बृद्धि हुँदै गएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !