१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जापानमा संकटकाल घोषणा

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार १३:५९


टोकियो । जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि संकटकालको घोषणा गरिएको छ ।

प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि संकटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकाल घोषणा गरिएको हो ।

एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक संकटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको संकटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागु हुनेछ ।

महामारी थप फैलिन नदिने उद्देश्यले संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

जापानमा विशेष महत्वका साथ मनाइने ‘गोल्डेन विक होलिडेज’ नजिकिँदै गरेकाले त्यतिबेला झन् कोरोना फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ ।

बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने व्यवसायीक ठूला ठूला प्रतिष्ठानहरू पनि बन्द गर्न लगाइएको छ ।

संकटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ । कोरोनाभाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् ।

विषेश गरेर भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !