१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चन्द्रबहादुर खड्कालाई माओवादीले सांसद्‍‍बाट हटायो

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ११:५३


काठमाडौं । राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई माओवादी केन्द्रले सांसद्‍‍‍बाट हटाएको छ ।

खड्कालाई सांसद्‍‍बाट हटाइएकाे सूचना शुक्रबार माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा दर्ता गरेर खड्कालाई हटाएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई खड्काले दल त्याग गरेकाले उहाँलाई राष्ट्रिय सभाबाट हटाउनका लागि पत्र लेख्नु भएकाे थियाे ।

साेही अनुसार शर्माले संसद् सचिवालयलाई जानकारी गराउनुभएकाे हाे । राजनीतिक दल सम्बन्धि ऐनले कुनै पनि सांसद्ले दल त्यागेको अवस्थामा त्यस्ता व्यक्तिको सांसद् पद खारेज गर्ने व्यवस्था गरेको छ । अर्घाखाँचीका खड्का माओवादी छाडेर एमालेमा प्रवेश गर्नुभएकाे छ ।

यसअघि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्टिय सभाकाे सांसद्‍‍‍बाट हटाएको थियो । बादलकाे पद रिक्त भएकाे ठाउँमा राष्ट्रिय सभा सदस्यकाे उपचुनाव जेठ ६ गते गर्ने तय भइसकेकाे छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !