१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीका चार सांसद् हटाउने एमालेको निर्णय

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ०८:५०


काठमाडौं । कर्णालीमा एमालेलाई धोका दिने चार सांसद् कडा कारबाहीमा परेका छन् ।

शुक्रबार बसेको एमाले १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने चार सांसद्लाई पार्टी र प्रदेश सभा सदस्यबाट हटाउने निर्णय गरेको हो ।

बैठकले सो निर्णय कार्यन्वयनका लागि प्रदेश सभा सचिवालयलाई पत्र लेख्ने निर्णय गरेको बताइएको छ । माओवादीबाट मुख्यमन्त्री बन्नुभएका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद् प्रकाश ज्वालासहित अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद् सदस्य नरहने गरी कारवाही गर्ने निर्णय बैठकले गरेको हो । ज्वाला बाहेक तीन जना अहिले माओवादी सरकारमा मन्त्री हुनुहुन्छ ।

कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेर पछि मत सच्याउनुभएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । दोस्रो पटक चित्तबुझ्दो स्पष्टिकरण दिए पार्टीमा ठाउँ दिन सकिने एमालेले जनाएको छ । स्पष्टिकरणको जवाफमा सांसद् ओलीले झुक्किएर माओवादीलाई मत दिएको बताउनु भएको थियो ।

माधव गुटका २७ प्रतिनिधि सभा र कर्णालीका ५ प्रदेश सभा सदस्यलाई एमालेले स्पष्टिकरण सोधेको थियो । जसमा फ्लोर क्रस गर्ने चार र मत सच्चाउने देवी पनि हुनुहुन्थ्यो । फ्लोर क्रस गर्ने चार जनाले जस्तो जवाफ दिएपनि पार्टीमा ठाउँ नदिइने निर्णय एमालेले यसअघि नै गरिसकेको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !