१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म कसैले निकालेर निस्किने मान्छे होइन – माधव नेपाल

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ०७:३३


काठमाडौं । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले आफू पार्टीबाट कसैले निकालेर निस्किने मान्छे नभएको बताउनुभएको छ ।

शुक्रबार जनकपुरमा भएको कार्यक्रममानेपालले प्रश्न गर्नुभयो – ‘केपी ओलीले माधव नेपाललाई पार्टीबाट निकाल्ने ?यो माधव नेपालले आजसम्म आन्दोलन र संगठन दुवै सञ्चालन गर्दै आएको छ, कसैले निकालेर निक्लिनेवाला मान्छे होइन ।’ आफूहरु पार्टी र आन्दोलन दुबै नछाड्नेबताउँदै उहाँले भन्नुभयो – ‘हामी आन्दोलन छोड्दैनौँ, पार्टी छोड्दैनौँ, लोकतन्त्र छोड्दैनौं ।’

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेटका लागि पटक–पटक बोलाउनुभएको तर आफू नगएको पनि उहाँले बताउनुभयो र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बालुवाटारमा भेट गर्न बोलाएकोमा आफू त्यहाँ जान नमानेको उहाँले बताउनुभयो । ‘म अहिले बालुवाटार गएँ भने माधव नेपाल लुरुलुरु बालुवाटार गयो भन्छन्’– उहाँले भन्नुभयो ।

पार्टी अध्यक्ष ओली आफ्नो कुरामा टसमस नभएकाले उहाँसँगको छलफल सार्थक नभएको नेपालले बताउनुभयो । पार्टी अध्यक्ष ओली र नेपालबीच बुधबार र बिहीबार वार्ता भएको थियो । बालुवा पेलेर तेल आउँदैन भन्ने आफूलाई लागेको भए पनि तै हुन्छ भने प्रयास गरौँ भनेर ओलीलाई भेट्न गएको उहाँको भनाइ थियो । ‘पार्टीलाई एकतावद्ध बनाऔं, मिलेर जाआं, कसकसलाई थप्नुपर्छ त्यही बसेर थपौँ, रामबहादुर थापा थपिएर पनि केही फरक पर्दैन, हाम्रा पनि दुई चारजना थपौँला भनेँ तर उहाँ मान्न तयार हुनुभएन’ –नेपालको भनाइ छ।

आफू एक्लै भेट्न जान तयार नभएको भए पनि सबैले एक्लै भए पनि जानुस् भनेकाले भेट गर्न गएको उहाँको भनाइ थियो । ‘यो बालुवा पेलेर तेल निस्कनेवाला छैन, केपी ओली सुध्रने वाला छैनन्, तै पनि प्रयास गरौँ भनेर गएँ, पहिलो भेटमा अलिकति विश्वास बढेको थियो’– उहाँले भन्नुभयो । केपीओली कुनै पनि हालतमा एकताको पक्षमा नरहेको उहाँले आरोप लगाउनुभयो । नेपालले भन्नुभयो, ‘उहाँ मानेमान् नमाने बाटो खुल्ला छ, जा भन्नेमा हुनुहुन्छ । ’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !