१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीसँग भेटघाट : माधवको मुखबाट लाइभ वर्णन

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ०७:३२


काठमाडौं । ‘फेरि अस्ति फोन गर्नुभयो भेटौं भनेर, बालुवाटारमा आउनुस् भन्नुभयो, मैले जान्नँ भने’– प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटबारे एमालेका निलम्बित नेता माधवकुमार नेपालले वर्णन गर्नुभयो ।

नेपालले थप्नुभयो – ‘उहाँले आफ्नो निजी निवासमा बालकोट आउनुस् भन्नुभयो । मैले जान्नँ भने । त्यसपछि मैले तुल्सीलाल प्रतिष्ठानमा आउनुस् भने । उहाँले त्यहाँ नगरौं भन्नुभयो । मैले एभरेष्टमा आउनुस् भने । उहाँले मेरियट  आउनुस् भन्नुभयो । ल ठिक छ भने मैले ।’

ओलीसँग भेट्नुअघिको प्रसंग सुनाउँदै माधव अगाडि भन्नुभयो – ‘म कहाँ आउन हुँदैन भन्नुभयो । मैले भने कूटनीतिले के भन्छ ? तपाईं त परराष्ट्रमन्त्री भइसकेको मान्छे । उहाँले भन्नुभयो तपाईं पनि त मभन्दा सिनियर परराष्ट मन्त्री हो । नेकपा एमालेको परराष्ट्र पहिलो परराष्ट्रमन्त्री म हो । परराष्ट्र नीतिबारे मलाई राम्रो ज्ञान पनि छ । त्यसले के भन्छ ? द्धन्द व्यवस्था गर्नुपर्यो भने दुईटैलाई स्वीटेबल ठाउँ व्यवस्था गर्नुपर्छ ।’

ओली र नेपाल भेट्दा जनतामा प्रभाव पर्ने बताउँदै माधवले भन्नुभयो – ‘जनतामा के प्रभाव पर्छ भन्ने सोच्नुपर्छ । म अहिले लुरुलुरु बालुवाटार हुँदैन । सबैको मन मिल्दाको कुरा हो । त्यसपछि बसियो ।’

भेटवार्ता तय भइसकेपछि के–के भयो ? माधवले यसरी सुनाउनुभयो –  ‘बसिसकेपछि मैले अरु नेतालाई पनि बोलाउँछु भनेको थिएँ, उहाँले हुँदैन एक्लै आउनुस् भन्नुभयो । स्थायी कमिटीका सबै सदस्यले एक्लै जानुस् भन्नुभएको थियो । हाम्रो तर्फबाट जानुहुन्छ भने एक्लाएक्लै गए पनि हुन्छ भन्नुभयो । माधव नेपालले टाइम मागेर रोइराखेको थियो मसँग रोइरहेका थिए भन्लान्, पदका लागि सम्झौता गर्‍यो भन्लान्, कुरा एउटा प्रचार अर्को होला भनेर साथी लान खोजेको ।’

‘बुधबारको भेटमा अलि अलि सम्भावना थियो । तपाईंको अध्यक्ष पद खोस्न खोजेको होइन मैले भने । प्रधानमन्त्रीमा पनि तपाईं नै बस्नुस् तर पार्टीमा सिस्टम चाहियो भने, माधव नेपाललाई पद चाहिएको छैन’– माधवको भनाइ छ ।

बुधबारको भेटमा अलि अलि सम्भावना रहेपनि बिहीबारको भेटमा सम्भावना टरेको माधवले बताउनुभयो ।  ‘बल्खुमा भाषण गर्दा माधवको हुर्मत उहाँले लिन खोज्नुभयो । तैपनि बसियो । मैले जेठ २ गते फर्कियौं कमरेड, पार्टीलाई एकताबद्ध बनाऔं, मिलेर जाऔं, कसकसलाई थप्नुपर्छ पार्टीमै बसेर छलफल गर्‍यौं रामबहादुर थापाहरु थपिएर केही फरक पर्दैन, हामी पनि दुई चार जना थपौंला ।’ आफूले यसो भनिरहँदा ओलीले नमान्नुभएको सुनाउँदै माधवले भन्नुभयो – ‘तपाईंहरुलाई थप्न मिल्दैन । किनकी तपाईंहरु बैठकमा आउनुभएन । मैले खबर नै गर्नुभएन कसरी आउने भन्दा उहाँले मोबाइल अफ रहेछ भन्नुभयो । यस्तो जाली कुरा गरेर हुन्छ, ९५ जनाकै मोबाइल अफ हुन्छ ।’

‘उहाँको एउटा भनाइ छ खाए खाए नखाए खिच, माने मान नभए बाटो खुला छ , यो ढंगको अंहकार छ’– माधवले भन्नुभयो । बिहीबारकाे वार्तामा आफूमाथि गरिएकाे कारवाही पुनर्विचार गर्न सकिने ‌ओलीले बताउँनुभएकाे सुनाउँदै माधवले भन्नुभयाे – ‘६ महिनाको कारवाहीबारे विचार गर्न सकिन्छ भन्नुभयो । जसले कोअर्डिनेशन स्थापना गर्‍यो उसलाई कारवाही ? केपी ओलीले माधव नेपाललाई सस्पेन्स गर्ने ? माधव नेपाल आन्दोलनबाट भाग्नेवाला छैन, भाग्दैन ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !