६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतलाई चीनको सहयोग प्रस्ताव

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ०६:३२


काठमाडौं । कोरोनाको सुनामीले अस्तव्यस्त भएको भारतलाई चीनले सहयोगको प्रस्ताव राखेको छ । महामारीले भारतमा भयावह अवस्था सिर्जना भएपछि चीनले यस्तो प्रस्ताव राखेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा भारतलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने बताउनुभएको हो ।

यसै बीच विभिन्न देशका नेताहरुले भारतको पूर्व निर्धारित भ्रमण रद्द गर्न थालेका छन् । त्यसैगरी हवाई उडान पनि बन्द गर्न थालेका छन् । हवाई उडान बन्द गर्ने पछिल्लो देश क्यानडा बनेको छ । क्यानडाले भारतसँग हवाई सम्बन्ध एक महिनाका लागि विच्छेद गरेको छ । कोभिड महामारी भयानक रुपमा फैलिएपछि भारतसँगका सम्पूर्ण उडान रद्द गरिएको हो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !