१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा सदस्यको उपचुनाव जेठ ६ मा

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार १३:२४


काठमाडौं । राष्ट्रिय सभा सदस्यको उपचुनाव जेठ ६ गते हुने भएको छ ।

प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगरको रिक्त पद पूर्ति गर्न ६ जेठमा उपचुनाव गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर सो जानकारी दिनुभएको हो ।

मा‌ओवादी केन्द्रबाट निर्वाचित भएर एमालेमा प्रवेश गरेपछि थापाकाे सांसद् पद खारेज भएकाे थियाे । साेही ठाउँमा उपचुनाव हुन लागेकाे हाे ।

६ जेठमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम मिति २०७८-०१-०६ को नेपाल सरकारको निर्णयानुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । ‘राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था बमोजिम सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हाे’- विज्ञप्तिमा लेखिएकाे छ ।

उपचुनावका लागि वैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन दिन आयाेगले आग्रह गरेकाे छ । आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी काम थालिएकाे पनि आयाेगले जनाएकाे छ । यसका लागि सहयाेग गर्न पनि आयाेगले आग्रह गरेकाे छ ।

 

 

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !