१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वभर लेनिनको प्रभाव – प्रम ओली

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०८:४५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै भूगोलका मान्छेमापनि लेनिन र माक्र्सहरुको प्रभाव रहेको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा बल्खु मदननगरस्थित नयाँ बन्ने पार्टी कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘जुनसुकै भूगोलका मान्छेमापनि लेनिनहरुकै प्रभाव परेको छ, त्यसैले असमानता, रंगभेद, वर्गभेदको उनीहरुले वकालत गर्न सक्दैनन्, यो ठूलो परिवर्तन थियो ।’ प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको वडापत्रमा पनि माक्र्स र लेनिनले भन्ने गरेका सामाजिक न्याय र समानताका थुप्रै पक्षहरु समेटिएको दावी गर्नुभयो ।

पूँजीवादीहरुले पनि समाजवादका मूल्य मान्यताहरुलाई अंगिकार गरेर अघि बढेको उहाँले बताउनुभयो ।प्रधानमन्त्री ओलीले आजको पूँजीवादी जगतले समाजवादका आधारहरु, मूल्य– मान्यताहरु अंगिकार गरेर, अपनाएर र कार्यान्वयन गरेर नै अघि बढ्नुपर्ने बताउनुभयो । समाजवाद र समानताका लागि गरिएका आन्दोलनबाट नै विश्वमा ठूला परिवर्तन भएका प्रधानमन्त्रीले बताउनुभयो  ।

उहाँले भन्नुभयो – ‘त्यस्तो परिवर्तनको अगुवाइगर्ने लेनिनको आज जन्मजयन्ती परेको छ, म लेनिनप्रति श्रदासुमन अपर्ण गर्न चाहान्छु,उहाँले देखाएका सामाजिक न्याय र समानताका महान पवित्र उद्देश्यहरु सफल हुनेछन् ।’ जनतालाई साथमा लिएर लेनिनका सपनाहरु साकार पारिने उहाँले बताउनुभयो । ‘जनतालाई  सचेत बनाउने, संगठित गर्ने र सामाजिक न्याय र समानतामार्फत जनताका सपना  साकार पार्छौं, त्यही बाटोबाट जनताका साथ अघि बढ्छाैं ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !