१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अति आवश्यक परे मात्र अस्पताल आउनु : भरतपुर अस्पताल

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०६:०२


चितवन । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ ।

अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको संक्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा संक्रमणको जोखिम बढी हुने जनाइएको छ । अपिलमा भनिएको छ ‘अति आवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौं ।’

अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, साबुनपानीले समय समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेजस्ता कार्य अनिवार्यरूपमा पालना गर्न पनि अपिलमा आग्रह गरिएको छ । अपिलमा कोभिड संक्रमण हुनबाट आफू बच्न र अरुलाई पनि बचाउन भनिएको छ ।

यो अस्पताल संधिय अस्पताल हो । यहाँ १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यहाँ दैनिक दुई हजारभन्दा बढीसम्म बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार एक सय ४९ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित दुई १० रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

संक्रमितमध्ये एक सय ८० होम आइसोलेसन र ३० जना अस्पतालमा उपचाररत रहेको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारोना सङ्क्रमणबाट एक सय १४ ले ज्यान गुमाएका  छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !