१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मौसम अस्वाभाविक

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०३:५७


काठमाडौं । बागमती प्रदेशका अधिकांश ठाउँमा आज बिहानैबाट वर्षा भइरहेको छ । उता, हुम्लामा भने हिउँ परेको छ ।

केही समय यता मौसम अस्वाभाविक बन्दै गइरहेको छ । बैशाखको पहिलो साता नाघिसक्दा पनि काठमाडौं उपत्यकामा गर्मी सुरु भएको छैन । उपत्यकालाई केही सातादेखि तुँवालोले ढाकिरहेको थियो ।

यस वर्ष हिउँदे वर्षा नहुँदा देशभरीको मौसम अस्वाभाविक बन्न पुगेको मौसमविद्हरुले बताएका छन् । काठमाडौं तथा बागमती प्रदेशमा आज दिनभरी बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको वर्षाले तुँवालो हट्ने अपेक्षा गरिएको छ । त्यसैगरी लामो खडेरीपछि लागेको डढेलो पनि क्रमश नियन्त्रणमा आउँदै गएको छ ।

उता गण्डकी प्रदेशमा बुधबारबाटै मौसम खुलेको छ । पोखराबाट माछापुछ्रे छर्लङग देखिएको थियो । माछापुछ्रे छर्लङग देखिनुलाई कास्कीमा मौसमको मानक मानिन्छ ।

त्यसैगरी प्रदेश एकका विभिन्न जिल्लामा पनि वर्षा भइरहेको छ ।

 

– आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !