१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पत्रकार अधिकारीको कोरोना भाइरसबाट निधन

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०३:०१


दाङ । पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलबार राति काठमाडौंमा उपचारका क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासंघ दाङमा  निर्वाचनमा मतदान गर्नुभएको थियो । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उहाँलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा  व्यवसायमा पनि संलग्न हुनुहुन्थ्यो ।

परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !