६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वाेच्च पुग्याे माधव गुट

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार १२:३४


काठमाडाैं । नेकपा  एमालेका निलम्बित नेता माधवकुमार नेपालकाे गुट सर्वाेच्च अदालत पुगेकाे छ ।

एमालेले आफ्नाे गुटमा सांसद्लाई स्पष्टिकरण साेधेकाे र कारबाही गर्न लागेकाे भन्दै माधव गुटले सर्वाेच्च अदालतमा निवेदन बुझाएकाे छ । प्रतिषेधको आदेश जारी गरीपाउँ भन्दै वकिलहरुमार्फत सर्वाेच्चमा  निवेदन दिइएकाे साे गुटका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

‘हामीले निवेदन लेखेर वकिलमार्फत पठाएका छाैं, सर्वाेच्चले दर्ता गर्‍याे कि गरेन भन्ने अझै खबर आएकाे छैन’- पाण्डेले भन्नुभयाे ।  निवेदनमा एमालेलाई ०७५ जेठ २ अघिकै अवस्थामा फर्काउँनुपर्ने, ०७५ जेठ २ गतेअघिकै नेकपा (एमाले) ब्युँताउने सर्वोच्चको ०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन हुनुपर्ने, साेही अवस्थाका कमिटीहरु ब्युँताउनुपर्ने लगायत विषय उल्लेख गरिएकाे उहाँले बताउनुभयाे ।

निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !