१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धरहराको टुप्पाेमा गजुर र २२ औं तलामा राखियाे शिवलिंग

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०९:५०


sf7df8f}+ a};fv * /f;; /fli6«o k”glg{df0f{ k|flws/0fsf sfo{sf/L clws[t ;’lzn 1jfnL4f/f lgdf0f{ ;Dkg{ x’g nfu]sf] gofF w/x/fdf uh’/ /fVgsf] nflu @! cf}+ tnfdf k’hf ug'{ x’b}{ . t:jL/M k|bLk/fh jGt,/f;;

काठमाडाैं । नवनिर्मित धरहराकाे टुप्पाेमा गजुर स्थापना गरिएकाे छ ।

पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो । धरहराकाे २२ औं तलामा शिवलिंग पनि राखिएको छ । पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको राष्ट्रिय र्निर्माण प्राधिकरणले जनाएकाे छ ।

०७२ वैशाख १२ को भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणको लगभग सकिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते धरहरा उद्घाटन गर्नुहुने कार्यक्रम तय भइसकेकाे छ । उद्घाटन लगत्तै सर्वसाधारणका लागि भने धरहरा खुला गरिने छैन । केही समयपछि मात्र सर्वसाधारणका लागि धरहरा खुला गरिनेछ ।

०७२ काे भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !