१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०७:१५


काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उहाँहरु दुवैलाई शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र  सर्वोच्च अदालतका न्यायाधीश सहभागी हुनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरु दुवैलाई संघिय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गर्नुभएको थियो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !