१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कागजको ग्लास उद्योग संचालनमा

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०६:४१


वाग्मती । मकवानपुरको हेटौंडामा  कागजको ग्लास उद्योग स्थापना भई संचालनमा आएको छ ।

चिनियाँ प्रविधिका यन्त्र र आवश्यक  सामग्रीसहित ३० लाख रुपैयाँको लागतमा हेटौंडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग संचालनमा आएको हो । पछिल्लो समय अत्यधिक प्रयोगमा आएको कागजको ग्लासको माग बजारमा धेरै रहेकाले उद्योग संचालनमा ल्याइएको संचालक जनकराज न्यौपाने बताउनुभयो ।

उद्योगलाई १२ घण्टा सञ्चालनमा ल्याउँदा  दैनिक ३२ हजार थान कप उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । एक सय ५० मिलिलिटरको कप उत्पादन गर्ने सो उद्योगबाट सात जनालाई रोजगारी दिइएको छ  केही दिन अगाडि स्थापित सो उद्योग अहिले परीक्षणमै छ ।

घरेलु उद्योगअन्तर्गत हेटौंडा – ५ स्थित आफ्नैै घरमा संचालक न्यौपानेले उद्योग स्थापना गर्नुभएको बताइएको छ । हेटौंडामा यो पहिलो र एक मात्र उद्योग सञ्चालनमा आएको जनाइएको छ ।

परीक्षणपछि डाँफे छाप कप सहुलियत मूल्यमा बजारमा उपलब्ध गराइने बताइएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !