६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेमा वैशाख ९ देखि लकडाउन

प्रकाशित मिति :  ७ बैशाख २०७८, मंगलवार १२:२१


काठमाडाैं । बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन हुने भएकाे छ । काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि लकडाउन गर्न लागिएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयाे ।

मंगलबार बसेकाे जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीमसी)काे बैठकले लकडाउन गर्ने निर्णय गरेकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार वैशाख ९ देखि एक साता जिल्लाभर लकडाउन हुनेछ । साे अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुनेछन् ।  साे अवधिमा अनावश्यक रुपमा घरबाहिर निस्कन पाइने छैन ।

बैठकले केन्द्र सरकारकाे मन्त्रिपरिषद् बैठकले गरेकाे निर्णय पूर्ण रुपमा पालना गर्ने निर्णय पनि गरेकाे उहाँले बताउनुभयाे । ‘केन्द्र सरकारले जारी गरेका सबै आदेश पूर्ण रुपमा पालना गराउँछाैं, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई कडा कारबाही गर्छाैं’ – उहाँले भन्नुभयाे । मन्त्रिपरिषद्काे निर्णयअनुसार बाँकेकाे नेपालगञ्जका लगायतका विद्यालय वैशाख मसान्तसम्मका लागि बन्द भएका छन् ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !