१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

प्रकाशित मिति :  ७ बैशाख २०७८, मंगलवार ०५:५०


लहान । उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोनासंक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।

संक्रमण पछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र संचालन गरिएको अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः संचालनमा ल्याइने मेसु डा. यादवले बताउनुभयो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताउनुभयो ।

हाल सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना संक्रमित रहेको बताइएको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !