१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

किन सर्‍यो माओवादी स्थायी कमिटी बैठक ?

प्रकाशित मिति :  ६ बैशाख २०७८, सोमबार ०८:५७


काठमाडौं । आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस भोलिका लागि सारिएको नेता देव गुरुङले जानकारी दिनुभयो । सर्नुको कारण भने गुरुङले खुलाउनु भएन ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य भएपछि सरकारविरुद्ध थप रणनीति बनाउन बैठक स्थगित गरेर नेताहरु आन्तरिक छलफलमा जुटेका एक नेताले बताए । सरकारले सोमबार रातिदेखि लागू हुनेगरी प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने, केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने, पार्टीको प्रशिक्षण लगायत विषयमा छलफल हुने माओवादीले जनाएको थियो ।

-आईएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !