१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिल भयाे काठमाडाैं प्लाजा

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार १०:२६


काठमाडौं । काठमाडौं प्लाजा सिल भएकाे छ ।

खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि नेपाल ट्रष्टले शुक्रबार काठमाडौं प्लाजा सिल गरेकाे हाे । सिल भएसँगै प्लाजा भित्रका कार्यालय तथा पसलहरु  बन्द भएका छन् ।

नेपाल ट्रष्टले सो भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता यसअघि नै गरिसकेको छ । प्लाजामा ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक लगायत कार्यालय तथा पसलहरु सञ्चालन थिए ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !