१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब घरमै बसेर जग्गाको नक्सा हेर्न सकिने

प्रकाशित मिति :  २ बैशाख २०७८, बिहीबार ०७:३४


काठमाडौं । डिजिटल नेपालकाे अवधारणासाथ काम गरिरहेकाे सरकार थप एक कदम अगाडि बढेकाे छ ।

सरकारले  ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीकाे शुभारम्भ गरेकाे छ । नापी विभागमा बिहीबार आयाेजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले साे प्रणालीकाे शुभारम्भ गर्नुभएकाे हाे ।

नापी कार्यालयबाट सञ्चालन भइरहेका सेवाहरु अनलाईन मार्फत प्रवाह गर्न तयार भएको ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र जग्गाको नक्सा अनलाइबाट घरमै बसेर हेर्न र प्रिन्ट गर्न सकिने प्रणाली ‘मेरो कित्ता’को प्रधानमन्त्री ओलीले शुभारम्भ गर्नुभएको हो ।

‘मेरो कित्ता’ मार्फत्आफ्नो जग्गा धनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सकिने सरकारले जनाएकाे छ । नयाँ वर्षकाे पहिलाे दिन बुधबार देशबासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले  ‘मेरो कित्ता’बारे जानकारी दिनुभएकाे थियाे ।

सरकारले सम्पूर्ण सरकारी निकायलाई ‘पेपरलेस’ (कागजविहिन) बनाउन विभिन्न कामहरु गरिरहेकाे छ । त्यसका लागि सरकारले पेपरलेस अर्थात सबै सेवा तथा अत्यावश्यक कागजी क्रियाकलापहरुलाई प्रतिस्थापन गर्दै अनलाइनबाट सञ्चालन गर्ने प्रणाली सञ्चालनमा ल्याएकाे छ । सरकारले नागरिक एप, माटाेकाे डिजिटल नक्सा लगायत थुप्रै प्रणाली सञ्चालनमा ल्याइसकेकाे छ ।

आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार तीब्र रुपमा लागिरहेको छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !