१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओलीले नयाँ वर्षमा देशबासीका नाममा सम्बोधन गर्नुहुने

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार ०६:३२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

नयाँ वर्ष २०७८ को अवसर पारेर प्रधानमन्त्री ओलीले बुधबार देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उहाँले सम्बोधन गर्नुहुने कार्यक्रम छ । समय भने अझै तय भइनसकेको थापाले जानकारी दिनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, आर्थिक अवस्था, कोरोना रोकथामका लागि चालिने थप कदम लगायत देशको समग्र अवस्थाकाबारे जानकारी दिनुहुनेछ । जनतालाई नयाँ वर्षको शुभकामना दिनुहुनेछ । सरकारका उपलब्धिबारे पनि चर्चा गर्नुहुने बताइएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !