१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार १२:३०


काठमाडाैं । नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ ।

साेमबार दिउँसाेका लागि बाेलाइएकाे बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दको निधन भएपछि स्थगित भएकाे थियाे । अर्काे बैठक वैशाख ५ गते बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

बैठकमा पछिल्लाे राजनीतिक अवस्था, सत्ता सहकार्य, पार्टीकाे १४ औँ महाधिवेशनकाे तालिका लगायत विषयमा छलफल हुने उहाँले बताउनुभयाे ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !