१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीको नेतृत्व क्षमता देखेर प्रतिपक्षी तर्सियो – नवराज सिलवाल

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ११:५७


काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका राम्रा काम देखेर प्रतिपक्षी तर्सिएको छ’– एमाले सांसद् नवराज सिलवालले भन्नुभयो ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् सिलवालले भन्नुभयो – ‘प्रधानमन्त्री ओलीले ‘समृद्धि र सुशासनलाई सही ढंगले नेतृत्व गर्नुभएको छ, यसकारण प्रतिपक्षी आत्तिएको छ, तर्सिएको छ ।’

प्रधानमन्त्री ओलीको ‘एग्रेसिभ लिडरसिप’बाट प्रतिपक्षी निक्कै तर्सिएको सांसद् सिलवालको भनाइ छ । समृद्धिलाई लिड गर्ने केपी ओलीको ‘एग्रेसिभ लिडरसिप’ले कतै प्रतिपक्षीमा आघात र छटपटाहाट भएको हो कि ?– सिलवालले प्रश्न गर्नुभयो ।

सरकारले गरेका राम्रा कामको प्रचार नभएको पनि सांसद् सिलवालले बताउनुभयो । ‘खाली आलोचना मात्र गरेर हुँदैन, सरकारले आलोचना गरेर मात्र सदनको गरिमा बढ्दैन, सरकारले गरेका राम्रा काम पनि देख्न सक्नुपर्छ, यसले राजनीतिलाई अगाडि बढाउन सकारात्मक सहयोग गर्छ’– सिलवालको भनाइ छ ।

सदनमा बहस गर्दा जनताको विवेकको पनि ख्याल गर्न उहाँले सुझाव दिनुभयो । आफू पहिला परिवर्तन भए मात्र अरुलाई परिवर्तन गर्न सकिने सिलवालले बताउनुभयो । सत्ताबाहिर बसेर पनि राम्रा काम गर्न सकिने समेत उहाँले बताउनुभयो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !