१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालीसँग बिहे गर्ने भारतीय नारीलाई तत्काल नागरिकता देउ – प्रदीप यादव

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार १०:२८


काठमाडौं । ‘नेपाली नागरिकसँग बिहे गरेर आउने भारतीय महिलालाई तत्कालै नागरिकता दिनुपर्छ’– यो माग हो जसपा सांसद् प्रदीप यादवको ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् यादवले नागरिकतासम्बन्धी ऐन २०७७ मा उल्लेख गरिएका केही विषयहरु संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । एक हातले सिन्धुर एक हातले नागरिकता दिनुपर्ने यादवको ठहर छ ।

संविधानमा जन्मसिद्ध नागरिकता सम्वन्धी ऐन स्वागतयोग्य रहेको तर अंगिकृत नागरिकता सम्वन्धी व्यवस्था विवादास्पद रहेको प्रदीपले बताउनुभयो । ‘भारतबाट विवाह गरेर नेपाल आउने चेली देशद्रोही हुन सक्ने आँंकलन सरकारले गरेको छ तर आज सम्म कुनै चेलीले देशद्रोही काम गरेको इतिहास छैन, यो ऐन तत्काल संसोधन हुनुपर्छ’– गिरीको माग छ ।

भारतीय नारी कस्ता हुन्छन् भन्ने राम्रो उदाहरण पूर्व युवराज्ञी हिमानी शाह भएको पनि प्रदीपले बताउनुभयो । ‘सिन्दुरको कदर कसरी हुन्छ, उनीबाट सबैले सिक्नुपर्छ, उनले कसरी राष्ट्रघात गरेकी छन् ?’– प्रदीपले प्रश्न गर्नुभयो । भारतीय चेलीले नेपालमा बिहे गर्दा नागरिकता लिन ७ वर्षे प्रावधान हटाइनुपर्ने माग यादवले गर्नुभयो ।

नागरिकता सम्बन्धी ऐन २०७७ कानुन संसोधन गरी कानुन बनाए मात्र मधेशी जनताको अधिकार सुनिश्चित हुने प्रदीपको भनाइ छ । ‘मधेशीलाई होच्याउने गरी ७ वर्षे प्रावधान ल्याइएको छ, यो विभेदपूर्ण  प्रावधान पास भयो भने हामीलाई भलो गर्दैन, नेपाल र भारतको सम्बन्धलाई प्रहार गर्छ, त्यसैले नेपालीसँग बिहे गर्ने भारतीय नारीलाई नागरिकतामा ७ वर्षे प्रावधान पुनरावलोकन गरिनुपर्छ’– यादवले भन्नुभयो । यो कानुन संसोधन नभए भारत र नेपालको सम्वन्धमा दरार आउनसक्ने यादवले बताउनुभयो ।

उहाँले प्रश्न गर्नुभयो – ‘राणाहरु देखि देशका राजा सम्मले भारतीय नारी विवाह गरेका छन्, उनीहरुलाई नागरिकता नदिएको हो र ?’
नागरिकताको सम्बन्धमा पहिलादेखि नै मधेस हेपिएको समेत यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले सम्म जन्मसिद्ध नागरिकता नपाएका पनि कयौँ नागरिक मधेसमा छन्, नागरिकता नपाएकालाई नागरिकता दिएर अंगिकृत नागरिकता सम्वन्धी ऐन संसोधन गरे नागरिकता विधेयक सम्मानजनक रहन्छ ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !