९ श्रावण २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभाको अर्काे बैठक वैशाख ७ मा

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०९:५०


काठमाडाैं । प्रतिनिधि सभाको अर्को बैठक वैशाख ७ गते बस्ने भएकाे छ ।

साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्हरुले समसामयिक विषयमा आ-आफ्नाे विचार राखेका छन् । बैठककाे शून्य र विशेष समयमा बाेल्दै सांसदहरूले विभिन्न विषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त  पत्र पढेर सुनाउनुभयाे । बैठकमा राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेस भएकाे छ ।

सभामुख सापकाेटाले विभिन्न विषयगत समितिमा सदस्य हेरफेर सम्बन्धी सूचना पनि दिनुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !