१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थगित भयाे कांग्रेस केन्द्रीय समिति बैठक

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०६:२३


काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

सोमबार दिउँसाेका लागि बोलाइएको बैठक स्थगित भएकाे मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिनुभयाे । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित भएको पाैडेलले बताउनुभयाे ।

आजकाे बैठकमा समसामयिक घटनाक्रम, पछिल्लाे राजनीति अवस्था, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका हेरफेर लगायत विषयमा छलफल गर्न तय थियाे । अर्काे बैठककाे मिति साँझसम्म ताेकिने पाैडेलले जानकारी दिनुभयाे ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !