१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

४२ जिल्लाका दुई सय ७८ ठाउँमा फैलियो डढेलो

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार ११:५८


प्रतिक ढकाल 

काठमाण्डौं । अहिले नेपालको दुई सय ७८ ठाउँमा जंगलमा सक्रिय डढेलो लागिरहेको छ। देशका ७७ मध्ये ४२ जिल्लामा अहिले डढेलो फैलिएको छ ।

सुदूर पश्चिम प्रदेशका ८३ वनमा डढेलो लागेको छ । सुदूर पश्चिम प्रदेशका वन तथा मन्त्रालयका प्रवक्ता भरत प्रसाद पोखेरेका अनुसार पश्चिममा लागेको डढेलो अन्य ठाउँको भन्दा भयावह छ ।

उहाँले भन्नुभयो – ‘सुदूर पश्चिम सरकारसँग डढेलोनिभाउन पर्याप्त स्रोतसाधन छैन । त्यसैलेडढेलो नियन्त्रणमा कठिनाई आएको छ ।’डढेलो नियन्त्रणका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको उहाँले वताउनुभयो ।

‘खडेरीका कारण भयावह स्थिति आएको छ’– उहाँले वताउनुभयो ।

सुदूर पश्चिममा प्राकृतिक र मानव सिर्जित दुवैखाले डढेलोले आक्रान्त भएको प्रवक्ता भरतप्रसादले बताउनुभयो । उहाँका अनुसार प्रदेशमा प्राकृतिकभन्दा मानव सिर्जित डढेलो धेरै भएको बताउनुभयो । भौगोलिक रुपमा विकट र अनकन्टार ठाउँमा डढेलोले वन सखाप पारेको उहाँको भनाई छ ।

सुदूर पश्चिमको अछामको ६० प्रतिशत वनमा डढेलो लागेर भयावह अवस्था सिर्जना भएको त्यहाँका डिभिजन वन कार्यालयका अधिकृत विमल चन्दले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ– अहिले १३ ठाउँमा डढेलो लागेको छ ।

यता स्याङजामा ३३ ठाउँमा डढेलोलागेको छ भने दाङमा २१ ठाउँमा, कैलालीका २६ ठाउँमा, डडेलधुराका २४ ठाउँमा डढेलो लागेको छ ।

विज्ञहरुका अनुसार कति ठाउँमा डढेलो लागेको छ भन्ने मुख्य होइन, डढेलो कति धेरै क्षेत्रफलमा फैलिएको छ भन्ने मुख्य हो । अछाममा एउटै डढेलो धेरै ठूलो क्षेत्रमा फैलिएको छ ।

त्यसैले त्यहाँको ६० प्रतिशत वन सखाप भएको छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !