१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्ण थापालाई भीम रावलको कारबाही

प्रकाशित मिति :  २९ चैत्र २०७७, आईतवार ०९:३४


काठमाडौं । नेकपा एमालेका निलम्बित नेता भीम रावलले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई कारबाही सिफारिस गर्नुभएको छ ।

थापालाई एक वर्षका लागि साधारण सदस्यबाट हटाउने निर्णयसहित कारबाहीका लागि सिफारिस गरिएको रावलले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।

नेता थापालाई पार्टी कार्यालय तोडफोड र गुण्डागर्दी गरेको आरोप लगाइएको छ । पार्टीलाई विसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेको भन्दै कारबाही गरिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

‘नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ को (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट एक वर्ष निलम्बनका लागि सिफारिस गरिएको छ’– विज्ञप्तिमा लेखिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !