१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शिक्षाका लागि साइकलका यात्री बस्न्यात सम्मानित

प्रकाशित मिति :  २८ चैत्र २०७७, शनिबार ०३:३४


ललितपुर । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘पेडल फर एजुकेशन’ नारासहित दोलखादेखि दिपायलसम्म साहसिक साइकल यात्रा गर्ने देवेन्द्र बस्न्यातलाई विहिबार प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।

परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको आयोजनामा भएको सो कार्यक्रममा शताब्दी पुरुष जोशीले बस्न्यातले समाज सेवाका लागि सबैलाई जागृत बनाएको बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले दोलखाको राजकुलेश्वर सामुदायिक विद्यालयको निर्माण तथा डडेलधुराको पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको साहसिक एकल साइकल यात्रा गर्ने बस्न्यातको चर्चा गर्नुभयो ।

हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले यस पटकलाई परोपकारी साइकल यात्रा समापन भएको बताउँदै १२ सय किलोमिटरको साहसिक तथा एकल यात्रा गर्ने देवेन्द्रको प्रशंसा गर्नुभयो । सो अवसरमा हेल्प नेपालका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र, संस्थाका सल्लाहकारहरू शङ्कर कोइराला, विजय राजभण्डारी, साइकल यात्री देवेन्द्र र संस्थाकी सचिव लता घिमिरेले आ–आफ्नो धारणा राख्नुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !