१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अफगानिस्तानमा तीन सैनिक र २० लडाकू मारिए

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ११:५९


फैजावाद । अफगानिस्तानमा थप २० जना तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् ।

सरकारी सुरक्षाकर्मीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको ज्यान गएकाे अधिकारीहरुले शुक्रबार जनाएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा बिहीबार राती घटना भएको हो ।

‘हतियारधारी विद्रोही लडाकूहरुले शुहादा, जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण गरेका थिए,’ एक सुरक्षा अधिकारीले भने । लडकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाई छ ।

देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !