१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुनाव नै उपयुक्त विकल्प हो – शेरबहादुर देउवा

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ११:१५


Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक निकासको लागि चुनाव नै उपयुक्त विकल्प भएको बताउनुभएको छ ।

नेपाल कर्मचारी युनियन संघको राष्ट्लिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले चुनाव बाहेक अरु बाटो नभएको बताउनुभयो । ‘नयाँ सरकार बन्यो भने ठीकै छ, बनेन् भनेपनि चुनाव नै उपयुक्त विकल्प हो, त्यस कारण चुनावमा जानुपर्ने हुनसक्छ’, देउवाले भन्नुभयो ।

संसदमा कांग्रेस पार्टीको बहुमत नभएकोले सरकारमा जाने सम्भावना न्युन रहेको उहाँले बताउनुभयो । सभापति देउवाले संसद् बैठक बोलाउन माग गर्न पुग्ने सांसद् पनि कांग्रेससँग नभएको बताउनुभयो ।

उहाँले सरकारमा पुग्नको लागि जनताले भोट दिनुपर्नेमा त्यो भोट नै जनताले नदिए पछि सत्ता मोह गर्नु उपयुक्त नहुने बताउनुभयो । ‘जनताले हामीलाई भोट दिएनन्’, देउवाले भन्नुभयो ।

प्रचण्डलाई आफूले पहिला नै प्रधानमन्त्री बन्न भनेको भए पनि उहाँले नमानेको देउवाले बताउनुभयो । प्रचण्ड खुट्टा नै टेक्न नसक्ने मान्छे भएको देउवाको भनाइ छ । अहिले केपी ओलीले लात हानेपछि प्रचण्डले चाल पाएको उहाँले बताउनुभयो । देउवाले भन्नुभयो, ‘बल्ल थाहा पाएका छन् प्रचण्डले ।’
-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !