१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बुढानिलकण्ठ तीन दलको बैठक सुरु : को–को भए सहभागी ?

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार १०:३५


काठमाडौं । नेपाली कांग्रेसले बोलाएको तीन दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजेर नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा तीन दलको बैठक बोलाउनु भएको हो ।

दिउँसो तीन बजेको लागि बैठक बोलाइएको थियो । तर, जसपाले ढिलो गरी आउँदा चार बजे पछि बैठक सुरु भएको एक नेताले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसबाट सभापती शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, विजय कुमार गच्छादार, शसांक कोईराला लगायतको सहभागिता छ ।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायण काजी श्रेष्ठ, स्थायि कमिटी सदस्य देव गुरुङ, स्थायि कमिटी सदस्य कृष्ण महरा सहभागी हुनुभएको छ ।

जसपाबाट अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो, नेता अशोक राईले पनि सहभागी हुनुभएको छ ।
-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !