१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हामीले विकास गरिरहेकाछौं, गर्न सक्छौं र गर्नैपर्छ – प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २६ चैत्र २०७७, बिहीबार ११:४६


काठमाडौं । ‘हामीले देश विकास गरिरहेका छौं, गर्न सक्छौं र गर्नैपर्छ’ –प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली अब देशले औद्योगिक क्षेत्रमा व्यापक प्रगति गर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो– ‘सबै कुरा गर्न सक्ने क्षमता एकैजना मान्छेमा हुदैन । तर, हामीले आ–आफ्नो क्षेत्रबाट राम्रोसँग काम गरौं । देश विकास गर्नेे जिम्मेवारी हाम्रै हो । कसैले गरेर दिँदैन ।’

‘हामी सबैलाई सँगै लैजान चाहन्छौं । देश बनाउन अब कुना–कुनाबाट विकास थाल्नुपर्छ । सबै ठाँउबाट देश उठाउने हाम्रो जिम्मेवारी हो’– उहाँले भन्नुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को महान अभिभारालाई सार्थक पार्न उद्योगी व्यापारीहरुको महान भूमिका हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

‘देश विकास हामीले नै गर्न सक्छौं भन्ने आत्मविश्वास छ, हामी देश बनाउन सक्छौं । सरकारसँग–सँगै उद्योगीहरु अगाडी बढ्नुस् । सरकारले गर्ने सबै सहयोग गर्छ ।’

कोरोनाले विश्व थलिएका बेला पनि देशको आर्थिक बृद्धिदर नखस्केकोमा सन्तोष प्रकट गर्दै प्रधानमन्त्रीले कारोनालाई नेपालले जितिरहेको उहाँले बताउनुभयो । तर, पछिल्लो समयमा भारतमा फैलिइरहेको नयाँ खालको कोभिड संक्रमणबारे भने प्रधानमन्त्रीले चिन्ता प्रकट गर्नुभयो । उहाँले होसियारी अपनाउन पनि अपिल गर्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !