१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले संसद्लाई काम दिएन भन्न मिल्दैन– लालबाबु पण्डित

प्रकाशित मिति :  २६ चैत्र २०७७, बिहीबार ११:४१


काठमाडौं । नेकपा एमालेकासांसद् लालबाबु पण्डितले सरकारले संसद्लाई काम दिएन भन्न नमिल्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पण्डितले संसदमा विधेयकहरु चाङ लागेर बस्दा पनि विधेयक माथिको छलफल सभामुखले अघि नबढाउनु भएको बताउनुभयो । त्यस्तै धेरै अन्तराष्ट्रिय सन्धि सम्झौता अनुमोदन गर्नुपर्ने भए पनि त्यस माथिको छलफल समेत अघि नबढेको उहाँले बताउनुभयो ।

अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेको उहाँले बताउनुभयो । ‘सरकारले काम दिएन भनिन्छ, सरकारले ल्याएका विधेयकपास गर्ने काम संसद्को होइन ? सन्धि सम्झौता अनुमोदन गर्ने काम संसद्को होइन ?’– उहाँको प्रश्न थियो ।

साथमा विधेयक नभए संसद् सचिवालयको विधेयक शाखाबाट लिन सकिने उहाँले बताउनुभयो ।

संसदीय व्यवस्थालाई असफल बनाउन चाहने र सरकारको विरोध मात्र गर्नेले अहिले सरकारले संसदलाई काम दिएन भनेर विरोध गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभाको कामलाई प्रभावकारी बनाउन सभामुखको विशेष भूमिका हुने उहाँले बताउनुभयो । यदि संसद् र संसदीय व्यवस्था माथि प्रश्न उठ्छ भने त्यतिखेर सरकार माथि मात्र होइन सभामुख माथि पनि प्रश्न उठ्ने उहाँले प्रष्ट पार्नुभयो ।

सरकारसँग समन्वय गरेर जनताका आवश्यकतासँग जोडिएका विधेयक अघि बढाउन उहाँले सभामुखलाई आग्रह गर्नुभयो । ‘यसमा कसले रोकेको छ ? मैले त बाधा अवरोध थाहा पाएको छैन, यदि वाधा अवरोध छ भने ससंदमा भन्नुपर्छ, होइन भने संसदलाई सरकारले काम दिएन भनिन्छ भने त्यो पूर्वाग्रह मात्र हुन्छ’, उहाँले भन्नुभयो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !