१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म प्रति जनताको अझै भरौसा रैछ – प्रचण्ड

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार १२:४१


काठमाडौं । ‘म अब काठमाडौं धेरै बस्दिन, गाउँ जान्छु’– केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजधानीको एक कार्यक्रममा भन्नुभएको थियो । लगत्तै उहाँ चुनाव क्षेत्रको खोजीमा सिन्धुली जानुभयो । त्यसपछि अहिले पश्चिम नेपालको भ्रमणमा हुनुहुन्छ ।

रुकुम पुगेर मंगलबार प्रचण्डले भन्नुभयो– ‘धेरै गल्ती गरियो, ठगहरुलाई वरिपरि राखियो, अब तपाईंहरुलाई वरिपरि राख्छु ।’

बुधबार पनि प्रचण्डको पश्चिम भ्रमण जारी छ । आज एक कार्यक्रममा उहाँले भन्नुभयो– ‘मलाई पटक–पटक अवसर दिएकोमा नेपाली जनता प्रति ऋणी छु ।’

पटक–पटक मौका पाएर पनि जनताका लागि सोचे जति गर्न नसकेको दुखेसो प्रचण्डले गर्नुभयो । ‘जनताले विभिन्न अवसर दिए । मलाई जनयुद्धको नेतृत्व गर्ने अवसर दियो, शान्ति सम्झौताको नेतृत्व गर्ने अवसर दियो, संविधान सभा निर्वाचन गराउने महत्वपूर्ण अवसर पनि मैले पाएँ । त्यसकारण म जनता प्रति ऋणी छु ।’

‘अहिले सम्म ठूलै मौका पाएको थिएँ । सोंचेको जति भने गर्न सकिएन । देस विकास, भौतिक निर्माण तथा सामाजिक विकास गर्न चाहेको थिएँ । तर, चुनावबाट मलाई मौका दिइएन ।’

आफूले सोंचे जति काम गर्न नसक्नुमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोष दिनुभयो । ‘केपी ओली भन्ने मान्छेले पार्टी एकता गरेको बेला गरेको सहमति बिर्सिए । मसँग भएका सहमति पालना भएन ।’

जनताका लागि मौका पाए अझै विकास गर्ने मन भएको दावी गर्दै आफूले विभिन्न किसिमका मान्छेलाई भेटेको र त्यस्ता मानिसहरुको कुरा सुन्दा केही गर्न सकिने आशा पलाएको बताउनुभयो ।

‘म प्रति अझै पनि जनताको भरौसा छ भन्ने महशुस हुँदैछ, विभिन्न किसिमका मान्छेसँग भेट्दा मेरो प्रशंसा गरेको पाएँ । एउटा नयाँ उर्जा लिएर अब म काठमाडौं जान्छु’ – प्रचण्डले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !