१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पत्रकारको निर्वाचन जारी, यस्तो छ चहलपहल

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार ०८:००


काठमाडौं । नयाँ नेतृत्वका लागि नेपाल पत्रकार महासंघको निर्वाचन जारी रहेको छ ।

बुधबार विहान ९ बजेदेखि केन्द्र, प्रदेश र शाखामा मतदान सुरु भएको हो । महासंघले पहिलोपटक प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छान्न लागेको हो । यसपटक प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले देशभरका सदस्यहरुले आफ्नै मतदान केन्द्रबाट भोट हाल्न पाएका छन् ।

निर्वाचनमा देशभरका १३ हजार १ सय ८० पत्रकारहरुले भोट हाल्नेछन् । अध्यक्षका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

विपुल कांग्रेस, माओवादी र माधव नेपाल निकट प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव) समूहका संयुक्त उम्मेद्वार हुनुहुन्छ । सो गठवन्धनका अध्यक्ष उम्मेद्वार विपुल पोखरेल हुनुहुन्छ ।

उहाँको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम, महिला उपाध्यक्षमा बाला अधिकारी र महासचिवमा रोशन पुरी उम्मेदवार हुनुहुन्छ ।

यसैगरी निर्मला शर्मा नेकपा एमाले संस्थापन निकट प्यानलबाट अध्यक्ष उमेद्वार हुनुहुन्छ । निर्मला नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा, महिला उपाध्यक्ष दाना केसी सुवेदी र महासचिवबालकृष्ण बस्नेत उम्मेदवार बन्नुभएको छ ।

यसैगरी गजेन्द्र बुढाथोकीले व्यावसायिक पत्रकारको हितका लागि भन्दै स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

मतदान बेलुकी चार बजेसम्म जारी रहनेछ । निर्वाचित नेतृत्वको कार्यकाल तीन बर्ष रहनेछ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !