१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीमा माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार ०७:५८


काठमाडौं । गण्डकी प्रदेशमा माओवादीका दुईजना मन्त्रीले राजीनामा दिनुभएको छ ।  आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिनुभएको हो ।

चुमान माओवादी संसदीय दलका नेतासमेत हुनुहुन्छ । दुवै जनाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाउनु भएको हो । उहाँहरुले तीन वर्षसम्म सरकारमा रहँदाको साथ र सहयोगका लागि मुख्यमन्त्री गुरुङलाई आभार व्यक्त गर्नुभएको छ ।

बुधबार बिहान बसेको आज माओवादीको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्री फिर्ता बोलाए पनि माओवादीले सरकारलाई दिई आएको समर्थन भने फिर्ता लिएको छैन । माओवादीका एक सांसद्ले भने– चाँडै समर्थन फिर्ता लिन्छौं ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !