१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आगलागीमा परेर दुई बालबालिकाको ज्यान गयाे

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार ०७:३२


झिमरुक । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा  एक गोठमा आगलागी हुँदा दुई  बालबालिकाको ज्यान गएकाे छ ।

आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको ज्यान गएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँको भनाइ छ । अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !