१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोना सङ्क्रमितको गयाे ज्यान

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार ०६:१०


कञ्चनपुर । महाकाली अस्पतालकाे भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ ।

भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको ज्यान गएकाे  स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । ‘भर्खरै कोरोना सङ्क्रमितको ज्यान गएकोबारे खबर पाएको छु’, उहाँले भन्नुभयो, ‘अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।’

ज्यान गुमाएका कोरोना सङ्क्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार नाै सय ८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा रहेका छन् ।

मङ्गलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !