१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेश प्रमुख झाद्वारा ३२ औं पटक रक्तदान

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार ०९:२३


काठमाडाैं । प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गर्नुभएको छ । सोमबार उहाँले ३२ औँ पटक रक्तदान गर्नुभएको हो ।

‘क्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । म नियमित रक्तदाता भएकामा गर्व गर्दछु’, उहाँले भन्नुभयोे । उहाँले विशेष गरी प्रदेश २ मा रक्तसञ्चार सेवा वृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुका साथै समुदाय केन्द्रित चेतना कार्यक्रम बढाउन देशभरिका रक्तसञ्चार केन्द्रलाई सुझाव दिनुभएको थियो ।

सो अवसरमा प्रदेश प्रमुख झालाई सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तदातापिन लगाइदिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘रगतका अभाव हुन नदिन सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।’

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवाको अवधारणा’ अनुसार रक्तसञ्चार गतिविधि अघि बढाइएको जानकारी दिनुभया ।

उहाँले रक्तदान गर्नुभएकामा प्रदेश प्रमुख झालाई धन्यवाद पत्रसमेत प्रदान गर्नुभयो । हालैमात्र उहाँले निर्देशक पदको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
सुलभ, गुणस्तरीय र मर्यादित रक्तसञ्चार  सेवाका लागि प्रदेश नं २ र कर्णाली प्रदेशमा पनि  प्रदेशस्तरीय रक्तसञ्चार केन्द्र बनाउने जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार विगत चार महिनाका अबधिमा मात्र केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र कालीमाटीले दशहजार भन्दा वढी युनिट रगत संकलन गर्न सफल भएको छ । संकलित रगत विरामीको आवश्यकता अनुसार वितरण समेत गरेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !