१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीमा एमालेका तीन मन्त्रीद्धारा राजीनामा

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार ०७:३४


काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले राजीनामा दिनुभएको छ ।

तीनै जना मन्त्रीले मंगलबार राजीनामा दिनुभएको एमाले सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो । एमालेबाट मन्त्री हुनुभएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिनुभएको हो ।

नेकपा एमाले कर्णाली संसदीय दलले माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन चैत ४ गते फिर्ता लिएको थियो । सोही बैठकले आफ्ना तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

संसदीय दलको बैठक १ बजे बस्दैछ । बैठक अगाडि नै मन्त्रीहरुले राजीनामा दिनुभएको शाहले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा ४० सांसद् छन् । सरकार बनाउन २१ जना सांसद्को समर्थन चाहिन्छ । प्रदेश सभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६, राप्रपाका एक जना सांसद् छन् ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो । माओवादी केन्द्रले एमालेमा लाग्नुभएको धर्मराज रेग्मीलाई कारबाही गरेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !