१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाल्पामा जिप दुर्घटना, दुईको ज्यान गयो

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार ०६:०९


काठमाडौं । पाल्पाको तानसेनमा मालबहाक जिप दुर्घटना हुँदा गएराति दुईजनाको ज्यान गएको छ ।

दुर्घटनामा जिप चालक पाल्पाको बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका–४ का २७ वर्षीय राज थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका दुवै जनालाई यूनाइटेड मिसन अस्पताल पाल्पा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।

कुखुरा बोकेको सो जिप राती १२ः२० बजे तिर तानसेन नगरपालिका–७ काजिपौवामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लु २ च ६३२ नम्बरको जिप सडकबाट करिब २० मिटर तल खसेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !