१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पार्टीमा समानान्तर गतिविधि स्वीकार्य हुँदैन : विशाल भट्टराई

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार ०४:५५


काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी भित्र समानान्तर गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ ।

लोकतान्त्रिक विधि र विधानबाट पार्टी चल्नु पर्नेमा त्यो अनुसार नचल्ने नेता कारबाहीको भागेदार हुने उहाँले बताउनुभयो । प्रतिनिधि सभा बैठकबाट बाहिर निस्कने क्रममा पत्रकारसँग बोल्दै उहाँले भन्नुभयो ‘समानान्तर पार्टी बनाउने कुरा त कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’

केही नेताहरुलाई कारबाही भएको बताउँदै यही गतिविधिलाई अघि बढाए अन्य नेतालाई पनि कारबाही हुने उहाँले बताउनुभयो । कमिटी बनाउन लाग्ने र त्यस्ता कमिटीमा बस्नेलाई समेत पार्टीले अब कारबाही अघि बढाउने उहाँले बताउनुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !