१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वुद्दको देशमा साच्चीकै शान्ति आयो – पदम गिरि

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार १०:४८


काठमाण्डौं । प्रतिनिधि सभा सदस्य पदम गिरिले देशमा बल्ल शान्ति फर्किएको बताउनुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै पदमले भन्नुभयो  ‘सरकारले पृथक आन्दोलनमा रहेका सिके राउत र भुमिगत विपल्वलाई शान्ती प्रकियामा ल्यायो जसले  बुद्दको देशमा साँच्चीकै शान्ती फर्काएको अनुभति भएको छ ।’

बैठकको विशेष समयमा बोल्दै पदमले सरकारले गरेका कुनै राम्रा कामको प्रसंसा गर्न प्रतिपक्षले नजान्ने कुरा वताउनुभयो । सरकारले चैत २१ मा शिलन्यास गरेको एक सय ६५ वटा निर्वाचन रणनीतिक सडकको प्रसंग जोड्दै गिरिले भन्नुभयो  ‘प्रथम विश्वयुद्द पछी अमेरीकाको विकास गर्न फ्रैङ्क्लिन रुजबेल्टले विकास र पुर्वाधारलाई जोडेका कारण अमेरीका यो ठाउँमा पुगेको छ । नेपालमा चाहिँ  केपी ओली  हुनुहन्छ । त्यसैले संवृद्दीको जग यहिँ सरकारबाट शुरुवात भएको छ ।’

बैठकमा बोल्दै पदमले केपी ओली सरकार मधेशको दुख देख्ने वताउनुभयोे । उहाँले भन्नुभयो  ‘सरकारले मधेशको दुख देखेको छ सुनकोशी मरिन डाईभर्सनले मधेशमा संवृिद्द ल्याउछ ।’

यसअघिको सरकारले बाकीँ राखेका काम सम्पन्न गर्ने काम मात्र यो सरकारले गरेको होईन, थुप्रै नयाँ आयोजना पनि शिलन्यास भएको छ र पुरा हुदैछ ।

उहाँले भन्नुभयो ’राष्ट्रिय गौरभका थुप्रै आयोजना निर्माण हुदैछन् विगतका दिनमा देखिने ढिलासुस्ती यी आयोजना हुने छैनन् । यो सरकारले ढिलासुस्तीको पुरानो चलन हटायो ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !