१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बम विस्फोटमा एक सैनिकको ज्यानगयाे

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०७:४७


काबुल । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको ज्यान गएको छ ।

सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ । यस विस्फोटमा कुनै समूहको हात रहेको हो प्रष्ट भएको छैन ।

अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात रहेको आशंका प्रहरीको रहेको छ ।

यो समाचार लेखिएको अवस्थामा यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको थिएन ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !