१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टंक आङबुहाङको सांसद पद रिक्त गर्न माओवादीको पत्र

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०६:०७


काठमाडौं । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको सांसद पद रिक्त हुने भएको छ ।

आज नेकपा माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा मन्त्री आङबुहाङको पद रिक्त गर्न पत्राचार गरिसकेको छ । आङबुहाङले दल त्याग गरेको सूचना पदेशसभा सचिवालयमा साढे १० बजे पेश गरिएको संसदीय दलका नेता इन्द्र आङबोले जानकारी दिनुभएको हो ।

आङ्बुहाङलाई माओवादी केन्द्रले सोधेको स्पष्टिकरणको जवाफ नदिएकाले प्रदेश सभा सदस्य नरहेको जानकारी सचिवालयलाई गराइएको आङबोले बताउनुभयो ।

माओवादी केन्द्रबाट निर्वाचित ताप्लेजुङका प्रदेशसभा सदस्य आङ्बुहाङ एमाले प्रवेश गरेर एमालेको केन्द्रीय सदस्य बनिसक्नुभएको छ । साबिक नेकपा विभाजनकै बेला उहाँले प्रचण्डको साथ छाडेर केपी ओली पक्षमा लाग्नुभएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार सांसदले अर्को दल प्रवेश गरेमा पद रिक्त हुने व्यवस्था छ । आङबुहाङको पद रिक्त भएमा निर्वाचन आयोगले कारबाहीमा परेका सांसदको स्थानमा छ महिनाभित्र निर्वाचन गराउनुपर्छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !