६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भोलि बस्ने प्रतिनिधि सभामा अख्तियारको प्रतिवेदन पेस हुने (कार्यसूचीसहित)

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार १२:४९


काठमाडौं । साेमबार बस्ने प्रतिनिधि सभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस हुने भएको छ ।

संघीय संसद् सचिवालयले आइतबार सार्वजनिक गरेकाे कार्यसूचीअनुसार भाेलिकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६-७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

भाेलिकाे बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्नुहुने कार्यसूची छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !